Logo

भेटौं भन्दै प्रचण्डले फोन गरेपछि देउवाको जवाफ: म ढाँट्न जान्दिनँ, ओलीजीसँग सहमति भईसक्यो



काठमाडौं,१८ असार । एमालेले धोका दिएर सत्ता सहकार्य टुटाउन लागेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग टेलिफोन गरेका छन् ।

बालुवाटार स्रोतका अनुसार प्रचण्डले मंगलबार बिहान देउवालाई फोन गरेका हुन् । उनले देउवालाई भेटौं भन्ने प्रस्ताव गरेका थिए । तर, जवाफमा देउवाले भेट्ने कुरा असम्भव रहेको बताएका छन् ।

देउवाले सोमबार एमालेसँग नयाँ सरकार बनाउनेबारेमा सहमति भएको पनि जानकारी गराएका छन् । ‘मैले ढाँट्न जान्दिनँ। एमाले र कांग्रेस मिलेर सरकार बनाउने कुरा भएको छ, । अब तपाईंसँग छलफल गर्ने विषय छैन’ प्रचण्डलाई देउवाले भनेका थिए ।

सरकार सञ्चालनका लागि २ प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले गएराति सम्झदारी भएको छ । उनीहरुले २ दलको नेतृत्वमा राष्ट्रिय सहमतिका आधारमा सरकार बनाउने बताउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot