Logo

पार्टीको निर्णय सुनाएर शीतल निवासबाट फर्किए प्रचण्ड



काठमाडौं,१८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलबीचको भेटवार्ता सकिएको छ ।

राष्ट्रपति निवास शीतल निवासमा पौडेल र दानहालबीच भेटवार्ता भएको हो । भेटवार्तामा विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको जनाईएको छ ।

सोमबार एमाले र कांग्रेस मिलेर नयाँ सरकार बनाउने निर्णय गरेका थिए । दुई दलको निर्णयपछि प्रचण्डले तत्काल राजीनामा नदिने र सदन फेस गर्ने निर्णय गरेका थिए । सो निर्णय राष्ट्रपतिलाई जानकारी गराउन उनी शीतल निवास पुगेको बताईएको छ ।

गएराति कांग्रेस र एमालेबीच सत्ता सहकार्य गर्ने समझदारी भएको थियो। बिहान प्रधानमन्त्री प्रचण्डलाई एमाले अध्यक्ष ओलीले भेटेर उक्त सहमतिबारे जानकारी गराउँदै राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका थिए।

प्रधानमन्त्री प्रचण्डले भने राजीनामा नदिने तर विश्वासको मतको सामना गर्ने माओवादीको पदाधिकारी बैठकपछि नेताहरूले बताएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot