काठमाडौं । दक्षिण कोरियाको भ्रमणमा रहेका युवा तथा खेलकुदमन्त्री वीराजभक्त श्रेष्ठ आजै राती नेपाल फर्किने भएका छन् । उनी मंगलबार राती नेपाल फर्किने रास्वपा स्रोतले जनाएको छ ।
शुक्रबार कोरियाका संस्कृति, पर्यटन तथा खेलकुदमन्त्रीको निमन्त्रणामा एक हप्ताका लागि दक्षिण कोरिया भ्रमणमा गएका थिए । नेकपा माओवादीको नेतृत्वमा उनको पार्टी राष्ट्रिय स्वतन्त्रता पार्टी सरकारमा सहभागी थियो । मंगलबार बिहान बसेको पार्टीको बैठकले नयाँ सरकारमा सहभागी नहुने तर तत्काल राजीनामा नदिने निर्णय लिएको छ ।
रास्वपाले नयाँ सरकार गठन प्रकृया सुरु हुनासाथ मन्त्रीबाट फिर्ता हुने निर्णय गरेको हुँदा तत्कालै सरकार छाड्ने परिस्थिति आउनसक्ने हुँदा उनलाई नेपाल बोलाईएको स्रोतले जनाएको छ ।