Logo

प्रचण्डलगत्तै अ‍ोली पनि पुगे कांग्रेस मूख्यालय सानेपा (तस्बिरहरु)



काठमाडौं,१८ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस मुख्यालय सानेपामा पुगेका छन् । कांग्रेसका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको शताब्दीऔं जन्मजयन्तीको अवसरमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ नामक फोटो प्रदर्शनी अवलोकनमा सहभागी हुन पूर्व प्रधानमन्त्री ओली सानेपा पुगेका हुन् ।

कांग्रेसले एमालेसँग मिलेर नयाँ सरकारको लागि सहमति गरेको अवस्थमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सानेपा पुगेका छन् ।

कांग्रेस र एमालेबीच भएको नयाँ सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुनेछ । यद्धपी प्रधानमन्त्री दाहालले आफूले राजीनामा नदिने भन्दै विश्वासको मत फेश गर्ने निर्णय लिएका छन् । प्रधानमन्त्री दाहालले कांग्रेससँग नै सहकार्यका लागि गम्भीर प्रस्ताव गरेका छन् ।

उनले कांग्रेस सभापति देउवालाई नै सरकारको नेतृत्व लिन र पूरानो गठबन्धन व्यँताउन भनेका छन् । देउवाले भने आफू धेरै अघि बढिसकेकाले अब ब्याक नहुने जवाफ दाहालसामू राखेको स्रोतको दाबी छ ।

तस्बिरहरु/ बालकोट



प्रतिक्रिया दिनुहोस्

Screenshot