Logo

भ्रष्टाचारको फाइल खुल्नथालेपछि सत्ता समीकरण एक रात पनि टिक्न सकेनः गृहमन्त्री लामिछाने



काठमाडौं, १८ असार । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका फाइल खुल्नथालेपछि रातारात सत्ता समीकरणमा उलटफेर आएको टिप्पणी गरेका छन् । आज (मंगलबार) सिंहदरबारमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भ्रष्टाचारका ठूला फाइल खुल्नथालेपछि सत्ता समीकरण एक रात पनि टिक्न नसकेको बताएका हुन् ।

उनले कसलाई जोगाउनका लागि सत्ता समीकरणमा फेरबदल आएको भन्ने कुरा जनताले राम्रोसँग बुझेको बताए । भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेकातर्फ संकेत गर्दै उनले भने, ‘भ्रष्टाचारको फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने भयो ।’

बेचन पक्राउ परेपछि उनको नेक्शसलाई लिएर राजनीतिमा भूकम्प गएको थियो । बेचनको बयानले उच्च पदस्थहरुमा बेचैन ल्याउने धेरैको बुझाइ थियो । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot