Logo

सरकार छाड्नेबारे निर्णय लिन एमाले सचिवालय बैठक सुरु



काठमाडौं,१८ असार । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय च्यासलमा बैठक सुरु भएको हो । आजको बैठकले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय लिनेछ ।

सोमबार मध्यरात मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेका छन् । यद्यपि समझदारी पत्र सार्वजनिक भएको छैन ।

बैठकमा नेपाली कांग्रेससँगको सत्ता समीकरण लगायतका विषयमा छलफल हुने बताइएको छ ।

नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारीमा अघि बढेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot