Logo

राप्रपाको पदाधिकारी बैठक जारी



काठमाडौं । राप्रपाको पदाधिकारी बैठक जारी छ । पार्टी कार्यालयमा जारी बैठकमा कांग्रेस र एमालेबीच बनेको नयाँ गठबन्धनबारे निर्णय गर्नेछ ।

संविधान संशोधनका एजेण्डा उठाएको भन्दै नयाँ गठबन्धनप्रति राप्रपा सकारात्मक देखिएको छ । आजको बैठकले थप निर्णय लिनेछ ।

सोमबार मध्यरात मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेका छन् । यद्यपि समझदारी पत्र सार्वजनिक भएको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot