Logo

संस्कारसहितको शिक्षाका लागि हेराल्ड इन्टरनेश्नल कजेल विद्यार्थी र अभिभावकहरुको पहिलो रोजाई



काठमाडौं, १८ असार । एसईईको नतिजा सार्वजनिक भएसँगै विद्यार्थी र उनीहरुका अभिभावकहरु कुन विषय पढ्ने र कुन कलेजमा पढ्ने र पढाउने भन्नेमा अन्यौलमा देखिन्छन् । कतिपय कलेजहरुले विद्यार्थीले चाहेजस्तो र अभिभावकले खोजेजस्तो व्यवहारिक र गुणस्तरीय शिक्षा दिन सकिरहेका छैनन् । यस्तो अवस्थामा विद्यार्थी र उनीहरुका अभिभावक राम्रो कलेजको खोजीमा भौतारिने गरेका छन् । पछिल्लो समय धेरै विद्यार्थी र अभिभावकहरुको रोजाईमा पर्न सफल भएको छ, हेराल्ड इन्टरनेश्नल कलेज । काठमाडौंको बसुन्धरास्थित हेराल्ड इन्टरनेश्नल कलेजमा प्ले ग्रुपदेखि स्नातकसम्म अध्ययन अध्यापन गराईन्छ ।

उक्त कलेजमा कक्षा ११ मा विज्ञान, मानविकी, व्यवस्थापन र कानुन संकाय सञ्चालनमा रहेको छ । प्ले ग्रुपदेखि एसईईको परीक्षा लगायत अन्य परीक्षा र प्रतियोगितामा पनि उत्कृष्ट नतिजा प्राप्त गर्न सफल रहेको उक्त कलेजले विज्ञान र प्रविधिको विकाससँगै शिक्षामा देखापरेका नवप्रवर्तनलाई भित्र्याउन सफल भएको छ । कलेजमा अनुभवी र विषय विज्ञ शिक्षकहरुबाट अध्यापन गराइने गरिएको निर्देशक अशोक पाण्डे बताउँछन् ।

निर्देशक पाण्डेकाअनुसार हेराल्ड कलेजले स्थापना कालदेखि नै योग्य, सक्षम, गरिब र जेहन्दार विद्यार्थीलाई अन्य कलेजलेभन्दा बढी छात्रवृत्ति पनि प्रदान गर्ने गरेको छ । हेराल्ड कलेजमा अहिले प्ले ग्रुपदेखि स्नातक तहसम्म चार हजारभन्दा बढी विद्यार्थीहरु अध्ययरत छन् ।

दक्ष व्यवस्थापकहरुको समूह

संगठनको पुर्वनिर्धारित लक्ष्य तथा उद्देश्य प्राप्तिका लागि व्यवस्थापनको एकदमै महत्वपूर्ण भूमिका रहको हुन्छ । आवस्यक पर्ने साधन स्रोत ९मानवीय,भौतिक,आर्थिक० को सङ्कलन, तिनीहरूको समन्वय गर्ने र व्यावस्थित तरिकाले परिचालन गर्न सकेमामात्रै कुनै पनि संस्थाले पूर्व निर्धारित लक्ष्य हासिल गर्न सक्छ । हेराल्ड इन्टरनेश्नल कलेजको व्यवस्थापकहरुको समूहमा निर्देशक अशोकराज पाण्डे, अध्यक्षमा कपिल ज्ञावली, एकेडेमिक को–अर्डिनेटर दिपेन्द्र पुँडासैनी र प्रिन्सिपल विनोद रेग्मी रहेका छन् ।

विद्यार्थीले रोजेको विषय अध्ययन गर्ने अवसर

विज्ञान र प्रविधिको विकाससँगै शिक्षामा दिन दुई गुणा र रात चौगुणा विकास र परिवर्तन भइरहेको छ । शिक्षालाई जीविकोपार्जन र समय सान्दर्भिक बनाउनका लागि हेराल्ड कलेजले विभिन्न विषयमा अध्ययन अध्यापन गराउँदै आएको छ । अहिले एसईई उर्तिण विद्यार्थीहरुका लागि प्लस टु तहमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा अध्ययन अध्यापन गराउँदै आएको छ । त्यसैगरी स्नातक तहमा अध्ययन अध्यापन हुँदै आएको छ । विहानी र दिवा दुवै सत्रमा कक्षाहरु सञ्चालन छन् । विज्ञान संकायका विद्यार्थीहरुका लागि अत्याधुनिक प्रयोगशाला, सुविधासम्पन्न पुस्तकालयको व्यवस्था रहेको छ ।

अतिरिक्त क्रियाकलापमा जोड

विद्यार्थीहरुको सर्वाङ्गिन विकासका लागि हेराल्ड इन्टरनेश्नल कलेजले आफ्नो स्थापना कालदेखि नै कक्षा शिक्षणका अतिरिक्त अन्य विभिन्न क्रियाकलापलाई उच्च प्राथमिकता दिँदै आएको छ । कलेजले वार्षिक रुपमा विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरुका लागि साइन्स एक्जिविसन सञ्चालन गर्दै आइरहेको छ ।

उक्त एक्जिवेशनमा विद्यार्थीहरुले आफूले सिकेका सीप, क्षमता र विज्ञान प्रविधिका नयाँ–नयाँ प्रयोगहरुलाई प्रदर्शन गर्न पाउँछन् । त्यस्तै व्यवस्थापन संकाय अन्तर्गत होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर हेराल्ड फूड फेस्टा आयोजना हुँदै आएको छ । उक्त कार्यक्रमबाट होटल म्यानेजमेट विषय अध्ययनरत विद्यार्थीहरुले आफूले सिकेका विभिन्न किसिमका पाककलाका परिकारहरु तयारी गरेर प्रदर्शन गर्ने, आफ्नो क्षमता देखाउन अवसर प्राप्त गर्दछन् ।

साथै कलेजले साइन्स एक्जिविसन र हेराल्ड फूड फेस्टामा सहभागी भएर उत्कृष्ट हुने विद्यार्थीलाई उचित पुरस्कारको समेत व्यवस्था गरेको छ । जसले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकपालमा भाग लिन प्रोत्साहन गरेको छ ।

खेलकुदलाई विशेष प्राथमिकता

हेराल्ड इन्टरनेश्नल कलेजले खेलकुदलाई पनि विशेष प्राथमिकतामा राख्ने गरेको छ । कलेजमा आफ्नै सुविधा सम्पन्न बास्केट बल र फुटसल ग्राउन्ड रहेको छ । इन्डोर क्रिकेट मैदान पनि निर्माणाधीन अवस्थामा रहेको छ । कलेजले राष्ट्रिय तथा क्षेत्रीय र स्थानीय रुपमा आयोजना हुने विभिन्न खेलकुदमा विद्यार्थीहरुलाई सहभागी गराउने गरेको छ । अभ्यासको लागि आफ्नै स्तरीय खेल मैदान भएकाले खेलकुदका विभिन्न प्रतिस्पर्धामा सहभागी भएर कलेजले विभिन्न पदकहरु हात पारिसकेको छ । राष्ट्रिय फुटबल टिमका चर्चित खेलाडी एरिक विष्ट पनि हेराल्ड कलेजमै अध्ययनरत छन् ।

छात्रवृत्तिको विभिन्न अवसर

गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई कलेजले विशेष छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । आर्थिक अभावको कारण कसैले पनि शिक्षाको अवसरबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले बढीभन्दा बढी विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था रहेको छ । अतिरिक्त क्रियाकलाप र खेलकुदमा राम्रो प्रदर्शन गर्ने विद्यार्थीलाईसमेत कलेजले उत्प्रेरणा प्रदान गर्नका लागि छात्रवृत्तिको व्यवस्था गर्दै आएको छ ।

अत्याधुनिक भौतिक संरचना

कलेजको आफ्नै सुविधा सम्पन्न र अन्तराष्ट्रिय स्तरको आधुनिक भौतिक संरचना र पूर्वाधारहरु रहेको छ । कक्षा कोठाको वातावरण विद्यार्थीमैत्री रहेको छ । कलेजमै बसेर अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि आफ्नै सुविधा सम्पन्न होस्टेल पनि रहेको छ । हरेक कक्षा कोठाका गतिविधिहरुलाई सिसी क्यामेराबाट मोनिटरिङ गर्ने व्यवस्था मिलाईएको छ ।

एमविविएस र इन्जिनियरिङ प्रवेश परीक्षामा सधैं अब्बल नतिजा

भविष्यमा डाक्टर, इन्जिनियर, पाइलट, वैज्ञानिक, सिए आदि बन्ने सपना लिएका विद्यार्थीहरुको रोजाईमा हेराल्ड पर्ने गरेको छ । हेराल्ड कलेजबाट अध्ययन पूरा गरेका विद्यार्थीहरु एमविविएस र इन्जिनियरिङ प्रवेश परीक्षामा पनि सधैं उत्कृष्ट नतिजा ल्याउने गरेका छन् । गतवर्ष एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षामा ९ जना विद्यार्थीहरुले छात्रवृत्तिमा नाम निकाल्न सफल भएका थिए । त्यसैगरी इन्जिनियरिङतर्फ २० जना विद्यार्थीहरुले उत्कृष्ट नतिजासहित नाम निकाल्न सफल भएका थिए । साथै, हेराल्ड इन्टरनेश्नलबाट उर्तिण भएका विद्यार्थीहरु नेपालका अलवा विभिन्न देशका प्रतिष्ठित विश्वविद्यालयहरुमा नाम निकाल्न सफल भई अध्ययनरत रहेका छन् भने धेरै विद्यार्थीहरुले अध्ययन पूरा गरी आफ्नो क्षेत्रमा स्थापित भइसहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot