Logo

पूर्व गृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिक थापालाइ थुनामा पठाउन आदेश दिएको छ ।

थापाविरुद्ध दायर भएको रिटमा मंगलबार काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहसपछि थुनामा पठाउने आदेश भएको हो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सकुन्तला कार्कीको इजलासले उनलाई थुनामा पठाएको हो ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोग उनीमाथि छ।  

उनलाई ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा सजाय माग गरिएको छ। यी सबै अभियोग जोड्दा २४ वर्ष कैद मागदाबी लिइएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot