Logo

एनआईसी एसियाले ल्यायो भाखा नाघेका कर्जाहरुको जरिवाना र हर्जानामा शत प्रतिशत छुट योजना



काठमाडौं, १८ असार । एनआईसी एसिया बैंकले जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेत विशेष छुटको योजना ल्याएको छ । बैंकले २०८० चैत्र मसान्त सम्ममा देहाय बमोजिमले भाखा नाघेका कर्जाहरुको २०८१ असार महिनाभित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेत छुटको योजना ल्याएको हो ।

बैंकले साधारण ब्याज रकममा छुटअन्तर्गत ९१ दिनदेखि १८० दिनमा १५ प्रतिशत, १८१ दिनदेखि ३६५ दिनमा २५ प्रतिशत र ३६५ दिनभन्दा बढीमा ३५ प्रतिशत छुटको योजना ल्याएको छ ।

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकले यस योजनामा सहभागी भई लाभ लिन सकिने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot