Logo

विपक्षी दलका नेतासँग देउवाको छलफल सकियो, नयाँ गठबन्धनलाई साथ दिने राप्रपासहितको आश्वासन



काठमाडौं,१८ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र विपक्षी दलका नेताबीचको छलफल सकिएको छ । आज साँझ बसेको बैठकमा देउवाले सोमबार राती एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीसँगको सहमतिबारे जानकारी गराएका छन् ।

छलफलमा नेपाली कांग्रेसका उपसभापति पूुर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कृष्ण सिटौला जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्ला लगायतको उपस्थिति थियो।

बैठकमा देउवाले एमालेसँग मिलेर नयाँ सरकार बनाउन लागेको र साथ दिन आग्रह गरेका थिए । जवाफमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो दल संविधान संसोधनको पक्षमा रहेको भन्दै साथ दिने जवाफ दिएको स्रोतले जनाएको छ । अन्य मधेशवादी दलका नेताले पनि आफूहरुको साथ रहने आश्वासन दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot