Logo

भ्रष्टहरुलाई कारबाही गर्न समय रहेको ज्ञानेन्द्रको सुझाव, स्ट्रन्ट नगर्न रविलाई चेतावनी



काठमाडौं, १८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई स्ट्रन्ट नगर्न चेतावनी दिएका छन् । आज (मंगलबार) सिंहदरबार परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले भ्रष्टाचारको फाइल खुल्नथालेपछि सत्ता समीकरण एक दिन पनि नटिकेको बताएका थिए ।

गृहमन्त्री लामिछानेको अभिव्यक्ति खण्डन गर्दै उनले ‘३ महिना १५ दिनसम्म नखुलेको फाइलहरु सरकार ढल्ने बेला खुल्न थालेको रहेछ’ भनी टिप्पणी गरेका छन् । शाहीले सरकारमा रहने समय अझै एक महिना रहेको बताउँदै धमाधम फाइल खोलेर देखाउन चूनौति दिएका छन् । फाइल नखोल्ने र काम नगर्ने हो भने राजनीतिक स्ट्रन्ट नगर्न उनले भनेका छन् ।

‘अझै १ महिना यहि सरकार हुन्छ । धमाधम खोल्नुहोस र जेल हाल्नुहोस । हाम्रो समर्थन हुन्छ। हैनभने सिर्फ राजनिती स्टन्डबाज नगरौं,’– उनले भनेका छन् ।

भिडियो र टेलिफोन रेकर्ड यथेष्ट प्रमाण हुँदाहुदै सुन प्रकरणमा पूर्व सभामुख र पूर्व उपराष्ट्रपतिका छोराहरुलाई चोख्याएर उन्मुक्ति दिइएको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot