Logo

एमालेले सरकारबाट फिर्ता बोलाएन आफ्ना मन्त्री



काठमाडौं, १८ असार । नेकपा (एमाले) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयोजनार्थ माग प्रशस्त गर्न आह्वान गर्ने भएको छ । आज (मंगलबार) बसेको केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई मार्ग प्रशस्त गर्न आह्वान गर्ने निर्णय गरेको हो ।

साथै, एमालेले आफ्ना मन्त्रीहरुलाई भने सरकारबाट फिर्ता बोलाएको छैन । कांग्रेस–एमाले नेतृत्वको राष्ट्रिय सहमतिको सरकार बन्ने समझदारी बनेसँग आज नै मन्त्रीहरु फिर्ता बोलाइने तयारी थियो । केपी ओलीको नेतृत्वमा बन्न लागेको सरकारमा एमालेले ढिलाइ गर्नुमा विशेष चोसोका साथ हेरिएको छ ।

एमाले उमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आह्वान गर्ने निर्णय भएसँग अहिले मन्त्री फिर्ता नबोलाइएको बताए । उनले प्रधानमन्त्रीले एमालेको आग्रहलाई स्वीकार नगरे बाँकी निर्णय लिने बताए । नेता ज्ञवालीले संविधानको धारा ७६ (२) अनुसार सरकार बन्न कुनै समस्या नरहेको बताए ।

‘हामीले कुनै दलसँग सम्बन्ध चिसो होस्, असमझदारी बढोस् भन्ने चाहिरहेका छैनौं । मिलेरै अगाडि बढ्ने हो । उहाँले सत्ता साझेदार दललाई पनि विश्वासमा लिएर अगाडि बढ्न सक्नुभएन । सर्वोच्च अदालतको व्याख्या छ, एउटै धाराअन्तर्गत पनि पटक–पटक सरकार बन्न सक्छ । कसैले उपधारा ३ अनुसार सरकार बन्छ भन्ने सोचेको छ भने त्यो गलत कुरा हो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot