Logo

रास्वपाको केन्द्रीय समिति बैठक जारी, मुकुल ढकालले गरे मुखमा टेप टाँसेर विरोध



काठमाडौं,१९ असार । पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी छ। बैठक आज बिहान आठ बजेदेखि पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसिरहेको छ ।

बैठकमा समसामयिक राजनीति र पार्टी महामन्त्री मुकुल ढकालको समीक्षा प्रतिवेदनमाथि छलफल हुनेछ ।

बोल्न पाउने अधिकार हनन भएको भन्दै महामन्त्री डा। मुकुल ढकाल केन्द्रीय कमिटीको बैठकमा कालो टेप लगाएर उपस्थित भएको बताएका छन्।

उनले केन्द्रीय कमिटीको बैठक लाइभ गर्न माग गरेका थिए। तर सभापति रवि लामिछानेले सुनावाइ नगरेको उनको आरोप छ।

कांग्रेस–एमालेले सत्ता गठबन्धन गरेपछि सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रसँगै साझेदार रास्वपा पनि दबाबमा परेको छ । यद्यपि माओवादी केन्द्र र रास्वपा दुवैले तत्काल राजीनामा नदिने रणनीति लिएका छन् ।

मंगलबार बसेको रास्वपा पदाधिकारी बैठकले कांग्रेस–एमाले गठबन्धनले राजनीतिक स्थायित्व नदिने भन्दै उनीहरुको गठबन्धनमा सहभागी नहुने र तत्काल सरकार पनि नछोड्ने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot