Logo

गृहमन्त्रीलाई निलम्बन गर्न माग गरिएको रिटको पेशी स्थगितको सूचीमा



काठमाडौं,१९ असार । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई निलम्बनको माग गर्दै दायर भएको रिटमा आज सुनुवाइ नहुने भएको छ । सो रिटको पेशी स्थगितको सूचीमा परेको छ ।

यसअघि मङ्गलवार बहस नसकिए पछि उनको मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। मङ्गलवार दिनभर गृहमन्त्री लामिछानेका कानुन व्यवसायीले बहस गरेपछि जवाफका लागि आजका लागि मुद्दा हेर्दा हेर्दैमा राखिएको हो। रिट निवेदकका तर्फबाट रमण कर्णसहितका कानुन व्यवसायीको जवाफी बहस बाँकी रहेको छ।

अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने शेयर सदस्य रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीको अवैध रकम अपचलन गरिएको र उनको नाममा समेत ऋण लिइएकाले अनुसन्धान गर्ने निकायको नेतृत्व गर्न नमिल्ने दाबी गर्दै गत जेठ १४ मा रिट दायर गरेका थिए।

यो मुद्दा यसअघि कहिले हेर्न नमिल्ने,कहिले हेर्न नभ्याइनेमा परेको र दुई पटक सुनुवाई स्थगितसमेत भइसकेको छ । रिटमा कास्की,रुपन्देही र चितवनमा लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा दायर नभएको उल्लेख गर्दै महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रको कानुनी वैधतामाथि पनि प्रश्न उठाइएको छ ।

उक्त पत्रले संविधान, फौजदारी कानुन र सहकारीका बचतकर्ताको न्यायप्राप्त गर्ने आधारलाई कमजोर बनाई प्रभावित गराउन सक्ने जिकीर गर्दै उक्त कार्य उत्प्रेषणको आदेशले बदर माग गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot