Logo

रविलाई विश्वप्रकाशको चुनौती: गृहमन्त्रीमै हुनुहुन्छ, हिम्मत भए फाइल खोलेर देखाउनुस्



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज साँझसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मार्ग प्रशस्त गर्नेमा आफूहरु विश्वस्त रहेको बताएका छन् ।

बूढानीलकण्ठमा जारी पदाधिकारी बैठकबाट बाहिरिँदै शर्माले एमालेले आज आफ्ना मन्त्री फिर्ता बोलाएपछि प्रचण्डबाट राजीनामा आउनेमा आशावादी रहेको बताए । उनले नयाँ बन्ने गठबन्धन सरकारसामू पनि चुनौती रहेको तर, त्यो चुनौती सामना गर्न आफूहरु तयार रहेको बताए ।

“एमालेले सम्भवतः आज साँझसम्म प्रक्रिया अपनाउला । सरकारमा सहभागी मन्त्री फिर्ता गर्ला । त्यसपछि प्रधानमन्त्रीले निकास दिने कुरा आउला ।”

महामन्त्री शर्माले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खोाल्न लाग्दा गठबन्धन ढलेको भनेर गरेको दाबीको खण्डन गरे । उनले लामिछाने हालपनि गृहमन्त्री नै रहेको हुँदा हिम्मत भए फाइल खोलेर देखाउन चुनौती दिए ।

उनले गृहमन्त्रीलाई भने, ‘भ्रष्टाचारको फाइल खोल्दै थियौं त्यस कारण सरकारबाट हटाइयो भन्नुहुन्छ। अहिले पनि गृहमन्त्री हुनुहुन्छ। प्रधानमन्त्रीले राजीनामा दिए आज साँझसम्म हुनुहुन्छ। नदिए एक महिना हुनुहुन्छ। कुनै पनि फाइलहरूमा कुर्नै आग्रह पूर्वाग्रह, कसैको बारेमा राख्नुहुन्न। भ्रष्टाचारको नियन्त्रण गर्न सबैभन्दा बलियो कानून कांग्रेसले बनाएको छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot