Logo

केन्द्रमा समीकरण बदलिए पनि कोशीसहित ४ प्रदेशका मुख्यमन्त्री ढुक्क



काठमाडौं,१९ असार । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता साझेदारीको सहमति भइसकेपछि केही प्रदेशका मुख्यमन्त्री परिवर्तन हुने भएपछि तीन प्रदेशका मुख्यमन्त्री संकटमा परेका छन् ।

केन्द्रमा भएको प्रारम्भिक छलफल अनुसार ७ प्रदेशमध्ये कांग्रेस र एमालेले तीन तीन प्रदेश सरकारको नेतृत्व गर्ने र मधेशमा हालकै सरकार यथावत राख्ने सहमति छ । यद्यपि सहमतिको वास्तविक पत्र भने बाहिर आइसकेको छैन ।

४ प्रदेशका मुख्यमन्त्री ढुक्क

केन्द्रका बनेको सहमति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेसँगै प्रदेश सरकार परिवर्तन हुने करिव निश्चित बन्दा कोशी, मधेश, गण्डकी र कर्णाली सरकार भने यथावत रहनेछन् । केवल सत्ता साझेदार दलमात्र फेरिनेछन् ।

कोशीमा ढुक्क छन् हिक्मत
कोशी प्रदेशमा हाल एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री छन् । भने एकीकृत समाजवादी र माओवादी सत्ता साझेदार दल छन् । केन्द्रको सहमति अनुसार कोशीमा हिक्मत मुख्यमन्त्रीमा निरन्तर रहनेछन् भने कांग्रेस सरकारमा भित्रिनेछ । एकीकृत समाजवादी र माओवादी प्रतिपक्षीमा रहँदा राप्रपाले पनि सरकारलाई समर्थन गर्नेछ ।

९३ सदस्यीय प्रदेश सभामा सरकार जोगाउन ४७ मत आवश्यक पर्नेमा एमाले एक्लैसँग ३९ सांसद छन् भने कांग्रेसका २९ जना सांसद छन् ।

मधेशमा तत्काल फेरबदल नहुने

मधेश प्रदेश सरकारको नेतृत्व जनमत पार्टीले गरिरहेको छ । कांग्रेस र एमालेबीच भएको सहमति अुनसार मधेशमा मधेशवादी दलको नेतृत्वमा नै सरकार कायम रहनेछ ।

नयाँ गठबन्धनलाई जनमतले साथ दिने तयारी गरेको छ । सो अनुसार पहिलो चरणको सरकारको नेतृत्व जनमतका सतिशकुमार सिंहले गरिरहेका छन् । उनकै नेतृत्वले निरन्तर पाउने बताईएको छ ।

गण्डकीमा कांग्रेसको सरकार कायम

गण्डकीमा सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन् । केन्द्रको सहमति अनुसार गण्डकीमा पाण्डे नेतृत्वकै सरकारले निरन्तरता पाउने रत्यसमा एमाले सहभागी हुनेछ ।

कर्णालीमा यहि सरकार

कर्णालीमा एमाले एमलाल कँडेल मुख्यमन्त्री छन् । ४० सदस्यीय कर्णाली प्रदेश सभामा एमालेको १० र नेपाली कांग्रेसको १४ सांसद छन् ।

यहाँ सरकार बनाउन कम्तीमा पनि २१ सांसदको समर्थन आवश्यक हुन्छ । दुई दल मिल्दा सहजै बहुमत पुग्ने हुँदा पहिलो चरणमा एमाले संसदीय दलका नेतासमेत रहेका कँडेलले नै मुख्यमन्त्रीमा निरन्तरता पाउने देखिन्छ ।

तीन मुख्यमन्ज्त्री डेण्जर जोनमा

केन्द्रमा भएको सहमति अनुसार लुम्बिनीमा एमालेले र बागमती र सुदूरपश्चिममा कांग्रेसले सत्ताको नेतृत्व गर्नेछ । त्यसो हुँदा बागमतीबाट शालीकराम जम्कट्टेल, लुम्बिनीबाट जोखबहादुर महरा र सुदूरबाट दीर्घ सोडारी बाहिरिँदा उनीहरुको स्थानमा क्रमस बहादुरसिंह लामा, लिला गिरी र कमलबहादुर शाह मुख्यमन्त्री बन्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot