Logo

रविले प्रतिवेदन पेश गर्न नदिएपछि मुकुलले भने: मैले बिहे गर्ने कि कुमारै बस्ने, केन्द्रीय समितिले नै निर्णय गरोस् (पूर्णपाठ)



काठमाडौं,१९ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीको केन्द्रीय कमिटी बैठकमा लिखित प्रस्ताव पेस गर्ने अनुमति पाएनन् । उनलाई सभापति रवि लामिछानेले प्रस्ताव पेस गर्ने अनुमति नदिएका हुन् ।

प्रस्तावमा ढकालले लामिछानेसँग माफी माग्ने विषयदेखि आफ्नो बिहेको विषयसमेत उल्लेख गरेका छन् । उनले प्रतिवेदनमा भनेका छन्, ‘गल्फ्रेन्डको कुरा । मेरो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन । मैले बिहा नै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस् । केन्द्रीय समितिले नै केटी खोजेर योसँग गर भन्छ भने पनि तयार छु । वा आफ्नो इच्छा भन्छ नि ठीक छ । तर निर्णय गरिदेओस् ।’

गत वैशाख १५ गते भएको इलाम २ को उपनिर्वाचनमा पार्टीको शर्मानक हारपछि सभापति लामिछानेले नै समीक्षा यात्राका लागि भन्दै मुकुललाई देशदौडाहमा पठाएका थिए ।

देशका ३३ जिल्ला घुमेर मुकुलले तयार पारेको प्रतिवेदन पार्टी सभापतिलाई बुझाएका छ्न । तर, त्यो प्रतिवेदन सार्वजनिक भएको छैन् । मुकुलले आफ्नो प्रतिवेदनमा रास्वपा पहिलेजस्तो नभएको, जनमत घटेको, अहिलेकै अवस्थामा चुनाव भए राष्ट्रिय दल बन्न नसक्ने र पार्टी विस्तारै विवेकशील साझाजस्तो हुने उल्लेख गरेका थिए । सो कुरा उल्लेख गरेर प्रतिवेदन लेखेको भ्नदै उनीमाथि सिंगो पार्टीपंक्ति रुष्ट छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot