Logo

रास्वपा बैठक: मुकुलले मुखमा टेप टाँसेपछि बुर्लाकोटीले गरे प्रतिवेदन पेश



काठमाडौं,१९ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिमा महामन्त्री मुकुल ढकालले आफ्नो प्रतिवेदन पेश गर्न नपाएको बताएका छन् । आज बसेको पार्टीको बैठकमा सभापति रवि लामिछानेले ढकाललाई आफ्नो प्रतिवेदन पेश गर्न नदिएका हुन् ।

महामन्त्री ढकालले सो प्रस्ताव पेश गर्न नपाएपछि सह-महामन्त्री कबिन्द्र बुर्लाकोटाीले उक्त प्रतिवेदन पेश गरेका सहप्रवक्ता मनिष झाले जानकारी दिए । ‘आजको केन्द्रीय समितिको बैठकमा महामन्त्रीज्यूले प्रतिवेदन लाईभ गरेर प्रस्तुत गर्ने सर्त राख्नुभएको थियो’ उनले भने ‘सभापति ज्यू ले त्यसमा सहमति जनाउनुभयो तर शतप्रतिशत केन्द्रीय सदस्यबाट अस्वीकार भयो। त्यसको विरोध स्वरूप उहाँले मुखमा माक्स लगाएर त्यसमाथि कालो टेप लगाएर बस्नुभयो। त्यसपश्चात् महामन्त्रीको प्रतिवेदन उनकै उपस्थितता सहमहामन्त्री कविन्द्र बुर्लाकोटी ज्यूले वाचन गर्नुभयो’।

खाना खाने ब्रेक पश्चात १२:३० बाट शुरू हुदै गरेको बैठकमा ईच्छा अनुसार सबैले आफ्नो धारणा राख्नेछन। बैठकमा बोल्न प्रत्येक केन्द्रीय सदस्यलाई ५ मिनेटको समय दिईने रास्वपाले जनाएको छ ।

गत वैशाख १५ गते भएको इलाम २ को उपनिर्वाचनमा पार्टीको शर्मानक हारपछि सभापति लामिछानेले नै समीक्षा यात्राका लागि भन्दै मुकुललाई देशदौडाहमा पठाएका थिए ।

देशका ३३ जिल्ला घुमेर मुकुलले तयार पारेको प्रतिवेदन पार्टी सभापतिलाई बुझाएका छ्न । तर, त्यो प्रतिवेदन सार्वजनिक भएको छैन् । मुकुलले आफ्नो प्रतिवेदनमा रास्वपा पहिलेजस्तो नभएको, जनमत घटेको, अहिलेकै अवस्थामा चुनाव भए राष्ट्रिय दल बन्न नसक्ने र पार्टी विस्तारै विवेकशील साझाजस्तो हुने उल्लेख गरेका थिए । सो कुरा उल्लेख गरेर प्रतिवेदन लेखेको भ्नदै उनीमाथि सिंगो पार्टीपंक्ति रुष्ट छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot