Logo

सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय, मन्त्रीहरुले आजै राजीनामा बुझाउने



काठमाडौं, १९ असार । नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरकोे छ ।एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले पनि आज नै प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउने भएका छन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार अबको डेढ घण्टाभित्र समर्थन फिर्ता लिएको पत्रसहित मन्त्रीहरुले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने छन् ।

‘हामीले केपी शर्मा ओलीज्यूको नेतृत्वमा कांग्रेससहितको समर्थनमा राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न समाननीय प्रधानमन्त्रीज्यूलाई आह्वान गर्यौं । अब उहाँले मार्ग प्रशस्त गर्ने अवस्था देखिएन । त्यो पनि अपेक्षा गर्दै नयाँ राष्ट्रिय सरकार निर्माणको प्रक्रिया आरम्भ गर्नका लागि सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिने र सरकारलाई एमालेको तर्फबाट दिइएको समर्थन फिर्ता लिने काम आज हामी गर्छौं,’– रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै बर्तौलाले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot