Logo

एमालेका सबै मन्त्री बालकोट पुगे



काठमाडौं, १९ असार । नेकपा (एमाले) बाट सरकारमा सहभागी सबै मन्त्रीहरु बालकोट पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएपछि उनीहरु बालकोट पुगेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने अन्तिम तयारी भएपछि ओलीले आफ्नो पार्टीका मन्त्रीहरुलाई बोलाएका हुन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्ताैलाका अनुसार मन्त्रीहरुले आज नै राजीनामा बुझाउँदैछन् । उनीहरुले राजीनामा बुझाएसँग सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक जानकारी प्रधानमन्त्रीलाई गराइने बर्तौलाले बताए ।

कांग्रेस–एमालेबीच ओलीको नेतृत्वमा सरकार बनाउने सहमती भएपछि मन्त्रीहरुले राजीनामा दिन लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot