Logo

जनताले सरकार रहेको अनुभूति गर्न नपाएपछि कांग्रेससँग मिल्नुपर्योः एमाले सचिव अर्याल



काठमाडौं, २० असार । नेकपा (एमाले) की सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले जनताले अनुभूति गर्नेखालको सरकार गठनका लागि एमाले–कांग्रेसको गठबन्धन बनेको बताएकी छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जनता समस्यामा नै रहिरहने र राज्यको शाख दिनप्रतिदिन घट्दै जाने अवस्थामा सुधार ल्याउन कांग्रेस–एमालेको गठबन्धन बनेको बताएकी हुन् ।

जनतालाई आशा जगाउने दायित्व राजनीतिक दलको नै भएको बताउँदै उनले कांग्रेस–एमालेले राष्ट्रिय सरकारको आह्वान गरेर अगाडि बढेको बताईन् । संविधान निर्माणपछिका अभ्यासबाट शिक्षा लिनुपर्ने बेला भएको उनको बुझाइ छ । उनले अहिलेसम्मको प्रयोग कति सफल, कति असफल भनेर समीक्षा गर्ने बेला भएको बताउँदै उनले कांग्रेस–एमाले मिलेको बताईन् ।

नेतृ अर्यालले अहिले प्रयोग भइरहेको शासकीय स्वरुपदेखि अन्य कानुनी अभ्यासमा रहेका कामजोरीहरु हटाउने र अपडेट गर्ने संकल्पसहित एमाले–कांग्रेसले अहिलेको राजनीतिक कोर्श निर्माण गर्न खोजेको बताईन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पटक–पटक राष्ट्रिय सहमतिको सरकारका लागि छलफल गरेको उनको भनाइ छ । राष्ट्रिय सहमति प्रचण्डकै एजेण्डा रहेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot