Logo

हामी बहानामात्रै हो, प्रचण्ड नेतृत्वको सरकार ढलेको उहाँकै कारणले होः मीन विश्वकर्मा



काठमाडौं, २० असार । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार उनकै कारणले ढलेको टिप्पणी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले काँध फेरिरहने प्रचण्डको स्वभावका कारण अहिलेको परिस्थिति निर्माण भएको दाबी गरेका हुन् ।

‘राणा शासन हेटेको राणाकै कारणले । पञ्चायत हटेको पञ्चायतकै कारणले । हामी त वहानामात्रै हो, राजतन्त्र हटेको राजाकै कारणले । प्रचण्डजी अहिले यो अवस्थामा आइपुगेको उहाँकै कारणले हो,’– उनले भने ।

आफूहरुले विगतमा जानेर वा नजानेर तेस्रो दललाई प्रधानमन्त्री बनाएको बताउँदै उनले जनताले सुशासनको अनुभूति सजिलै सेवा प्राप्त गर्न नसकेका कारण एमाले–कांग्रेस मिल्नुपरेको बताए । प्रचण्डले नेतृत्व गर्दा जनताले सरकार छ भनेर समस्या परेको बेला आश गर्ने र गल्ती गरेको बेला त्रास महशुस गर्ने किसिमको सरकार नभएको उनको दाबी छ ।

सरकार पालैपालो कमजोरीहरु गर्दै गएको उनले बताए । उनले सरकारमा बसेका मन्त्रीहरुले सरकारमा जानुको उद्देश्य नै आफ्नो अप्ठ्यारोलाई सजिलो बनाउनु बुझेको उनको टिप्पणी छ ।

कांग्रेस–एमाले मिलेन भने सरकार स्थायी हुँदैन र सरकार स्थायी भएन भने राजीनिक स्थायित्व पनि हुँदैन भन्ने बुझाइका कारण अहिलेको समीकरण निर्माण भएको उनको भनाइ छ ।

कांग्रेससँग सहकार्य तोडेर प्रचण्डले एमालेसँग सहकार्य सुरु गर्दा एमालेले ठूलो त्याग थरेको उनको बुझाइ छ । सत्तारुढ दलको सबैभन्दा ठूलो पार्टी बनेको एमालेले आफूसँग गृह, अर्थ, परराष्ट्र, श्रम, शिक्षाजस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय नपाउँदा पनि सकारलाई समर्थन गरेको उनले स्मरण गराए । एमालेले त्यतिधेरै त्याग गर्दा पनि प्रचण्डले जादुगर नम्बरको भन्दै अभिव्यक्ति दिनथालेपछि एमाले बिच्किएको उनको बुझाइ छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot