Logo

मध्यरातमा एमाले-कांग्रेसबीच भएको सहमतिका आधारमा राष्ट्रिय सरकार बन्दैनः पूर्व महान्यायाधिवक्ता प्रधान



काठमाडौं, २० असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले कांग्रेस र एमालेले भन्नेबित्तिकै राष्ट्रिय सहमतिको सरकार नबन्ने दाबी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस–एमालेबीच भएको समझदारीमा राष्ट्रिय सहमतिको सरकार बन्नुको औचित्य नरहेको बताए ।

‘कांग्रेस र एमालेले भन्नेबित्तिकै राष्ट्रिय सहमतिको सरकार हुने होईन । राष्ट्रिय सहमतिको सरकार भनेको देशमा संकटपूर्ण अवस्थामा सबै पार्टी एक भएर जाने अवस्था हो । उहाँहरुले जो राष्ट्रिय सहमतिको सरकार भन्नुभएको छ, संसद्का दुई ठूला पार्टीले राष्ट्रिय सहमतिको सरकार भन्नुभएको छ ।’ उनले भने, ‘तर, दुई दलको मात्रै राष्ट्रिय सहमतिको सरकार हुँदैन । अहिले उहाँहरुले जुन समझदारी गर्नुभएको छ, त्यसको औचित्य के ?’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासनको पर्फरमेन्स देखाइरहेको बेलामा कांग्रेस–एमाले आत्तिएको उनको बुझाइ छ । अहिले बनेको एमाले–कांग्रेस गठबन्धन प्राकृतिक नरहेको उनले बताए । मध्यरातमा दुइवटा पार्टीबीच बनेको समझदारीमा राष्ट्रिय सहमतिको सकरार बन्न नसक्ने उनको भनाइ छ ।

‘अहिलेको उहाँहरुको गठबन्धन प्राकृतिक ढंगको छैन । जबरजस्त छ । मध्यरातमा दुईवटा पार्टी बसेर गरेको सहमतिमा राष्ट्रिय सरकार कति सहज छ ?’ उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot