Logo

एकीकृत समाजवादीको १०औं महाधिवेशनः सर्वसम्मत अध्यक्ष बन्नेमा माधव नेपाल ढुक्क



काठमाडौं, २० असार । नेकपा (एकीकृत समाजवादी) को १०औं महाधिवेशन जारी रहेको छ । महाधिवेशनले विभिन्न राजनीतिक, संगठानिक प्रतिवेदनहरु पारित गर्दै नेतृत्व चयन गर्नेछ । एकीकृत समाजवादीको नेतृत्वमा वर्तमान अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र घनश्याम भुसालको दाबी छ ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले नेतृत्व चयनमा सहमति हुने बताएका छन् । उनले सर्वसम्मतिका लागि अहिले छलफल भइरहेको बताए । नेपालले आफू अध्यक्षमा चयन हुने कुरामा कुनै द्धिविधा नरहेको बताए ।

स्रोतका अनुसार एकीकृत समाजवादीमा नेतृत्व चयनका लागि सहमति जुटिसकेको छ । अध्यक्षमा दाबी गरेको भुसाललाई वरिष्ठ उपाध्यक्ष वा महासचिव दुईमध्ये एक रोजाइएको छ । नेता खनालले पनि अहिलेलाई आफ्नो दाबी छाडेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot