Logo

प्रधानमन्त्री प्रचण्डले सम्हाले थप आठ मन्त्रालयको कार्यभार



काठमाडौं, २० असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले थप आठ मन्त्रालयको कार्यभार संहालेका छन् । नेकपा (एमाले) बाट सरकारमा सहभागी भएका आठ मन्त्रीहरुले हिजो (बुधबार) राजीनामा बुझाएपछि प्रधानमन्त्री प्रचण्डले ती मन्त्रालयहरुको कार्यभार आफैंले सम्हालेका हुन् ।

आज (बिहीबार) राष्ट्रपति रामचन्द्र पौडेलले एमालेका मन्त्रीहरुको राजीनामा स्वीकृत गरी ती मन्त्रालयकाहरुको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई तोकेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा एमालेको तर्फबाट उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामा पदम गिरी, कृषि तथा पशुपंक्षी विकासमा ज्वालाकुमारी साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमा बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमा दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा भगवती चौधरी, खानेपानीमा राजेन्द्रकुमार राई, र रक्षामन्त्रीमा हरिप्रसाद उप्रेती रहेका थिए ।



प्रतिक्रिया दिनुहोस्