Logo

दीर्घकालीन असर पर्ने काम नगर्न/नगराउन प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण



काठमाडौं, २० असार । नेकपा (एमाले) ले सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न÷नगराउन ध्यानाकर्षण गरेको छ । एमालेले सरकार स्पष्टतः अल्पमतमा परेको भन्दै दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएको हो ।

महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने अवस्था नरहेको भन्दै दीर्घकालीन असर पर्ने काम नगर्न/नगराउन भनिएको छ ।

‘संसदका दुई ठुला दल नेकपा (एमाले) र नेपाली कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको अहिलेको परिस्थितिमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने काम नगर्न/नगराउन नेकपा (एमाले) सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गर्दछ,’– विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot