Logo

गृहमन्त्री लामिछानेलाई निलम्वन गर्न माग गरिएको मुद्दामा सुनुवाइ सकियो, केहीबेरमा आदेश आउने



काठमाडौं, २० असार । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको मुद्दामा सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र सपना प्रधान मल्लको संयुक्त इजलासमा निरन्तर सुनुवाइ हुँदैआएको उक्त मुद्दामा सुनुवाइ सकिएको हो ।

गृहमन्त्री लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए । सो मुद्दामा अधिवक्ता भट्टराई र सहकारीपीडितका तर्फबाट मंगलबार जवाफी वहस भएको थियो। आज केही अधिवक्ताले जवाफी बहस गरेका थिए । लामिछानेको सहकारी ठगी प्रकरणसँग जोडिएको उक्त मुद्दामा केही बेरमा आदेश आउने बताइएको छ ।

अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानविन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै गत जेठ १४ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमा लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्न समेत माग गरिएको छ । रिटमा महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको छ।



प्रतिक्रिया दिनुहोस्