Logo

संसदीय विशेष समितिमा उपस्थित हुन समस्याग्रस्त सहकारीका सञ्चालकहरुलाई निर्देशन



काठमाडौं, २० असार । सहकारी ठगी प्रकरणको छानविनका लागि गठित संसदीय छानबिन विशेष समितिले समस्याग्रस्त सहकारीका सञ्चालकहरुलाई उपस्थित हुन निर्देशन दिएको छ । आज (बिहीबार) बसेको समितिको बैठकले कार्यादेशको अनुसूची १ मा रहेका २९ वटा सहकारीका सञ्चालकहरुलाई समितिमा उपस्थित हुन निर्देशन दिएको हो ।

समितिका सभापति सूर्यबहादुर थापाक्षेत्रीले २९ वटै सहकारीका सञ्चालकलाई उपस्थित भएर छानबिनमा सहयोग पुर्याउन आग्रह गरिएको बताए । उनले उपस्थित हुन आग्रह गर्दा नमाने कानुनबमोजिम अगाडि बढ्ने बताए ।

साथै, आगामी शुक्रबार बस्ने समितिको बैठकमा गृहसचिव र प्रहरी महानिरीक्षकसमेतलाई उपस्थित हुने भनिएको छ ।

आजको बैठकमा महालेखापरीक्षक तोयम राय, सम्पती शुद्धिकरण अनुसन्धान विभागका प्रमुख, महानिर्देशक कमलप्रसाद भट्टराई र सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेसहितका अधिकारीलाई बोलाएर सहकारी प्रकरणबारे जानकारी लिएको पनि उनले बताए । File Photo



प्रतिक्रिया दिनुहोस्