Logo

अवैध सुन रहेको आशंकामा एमालेका केन्द्रीय सदस्य बस्नेतको सम्पर्क कार्यालयमा छापा



काठमाडौं, २० असार । नेकपा (एमाले) का केन्द्रीय सदस्य शिव बस्नेतको सम्पर्क कार्यालयमा प्रहरीले छापा मारेको छ । बागबजारस्थित न्यू चाँदनी गेस्ट हाउसको माथिल्लो तलामा रहेको उनको सम्पर्क कार्यालयमा छापा मारिएको हो । अवैध सुन रहेको आशंकामा छापा मारिएको जानकारी प्राप्त भएको छ ।

एमाले केन्द्रीय सदस्य बस्नेतले विगत ९ महिनादेखि त्यहाँ सम्पर्क कार्यालय राखेका थिए । उनले मासिक ६० हजार भाडा तिर्ने मौखिक सहमति गरेर १० वटा कोठा लिएको बुझिएको छ ।

प्रहरीले छापा मार्दा सम्पर्क कार्यालयमा लगभग दुई सयभन्दा बढी टिनको बाकस फेला पारेको छ । सो बाकसमा के राखिएको भन्ने अहिले खुलिसकेको छैन । विश्वस्त स्रोतले बताएअनुसार अवैध सुन रहेको आशंकामा त्यहाँ छापा मारिएको हो । आज (बिहीबार) करिब ८ बजेतिर प्रहरीले गोप्य सूचनाको आधारमा एमाले केन्द्रीय सदस्य बस्नेतका सम्पर्क कार्यालयमा छापा मारेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot