![](https://reportersnepal.com/wp-content/uploads/2024/06/Madhab-Ghanashyam-768x521.jpg)
काठमाडौं, २० असार । नेकपा (एकीकृत समाजवादी) अध्यक्षमा माधव कुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका छन् । पार्टीको १०औं महाधिवेशनले अध्यक्षमा नेपाल र महासचिवमा भुसाल सर्वसम्मत चयन गरेको हो ।
भुसाल र नेपाल यसअघि पनि पार्टीको सोही भूमिकामा थिए । झलनाथ खनाललाई पनि सम्मानित नेतामा सर्वसम्मत चयन गरिएको छ । अन्य बाँकी पदमा कसलाई चयन गर्ने भन्ने जिम्मा सचिवालयलाई दिइएको छ ।