Logo

सुदूर सरकारबाट बाहिरियो एमाले, मुख्यमन्त्री सोडारी अल्पमतमा



काठमाडौं, २० असार । नेकपा (एमाले) सुदूरपश्चिम सरकारबाट बाहिरिएको छ । एमालेले आज (बिहीबार) प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरुको पनि राजीनामा गराएको छ ।

योसँगै सुदूरका मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परेका छन् । मुख्यमन्त्री सोडारी अहिले काठमाडौं आएका छन् । उनी काठमाडौं आएकाले एमालेका नेताहरुले मुख्यमन्त्रीको कार्यालयमा राजीनामा र सरकारबाट बाहिरिएको पत्र दर्ता गराइसकेका छन् ।

एमाले संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले सरकारबाट बाहिरिएको विषयमा मुख्यमन्त्री सोडारीसँग टेलिफोन संवाद भएको र कार्यालयमा पत्र दर्ता गराइएको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot