Logo

‘कसैलाई माया गर्नु एउटा भूल गरेँ मैले’ प्रचण्डलाई सुहाउने लाइन होईनः प्रा.डा. केसी



काठमाडौं, २१ असार । राजनीतिक विश्लेषक, प्रा.डा. सुरेन्द्र केसीले ‘कसैलाई माया गर्नु एउटा भूल गरेँ मैले’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुहाउन लाइन नभएको टिप्पणी गरेका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्डजस्तो क्रान्तिकारी नेताले जीवन शर्माको गीत गाउनुपर्ने बताएका हुन् ।

नेकपा (एमाले) का मन्त्रीहरुले राजीनामा बुझाउने क्रममा प्रधानमन्त्री प्रचण्डले फत्तेमानको गीत ‘यस्तो पनि हुँदोरैछ जिन्दगीमा कैले–कैले..’ गीत सम्झिएका थिए । सोही विषयमा टिप्पणी गर्दै उनले प्रचण्डजस्तो क्रान्तिकारी नेताले जीवन शर्मा अथवा ‘वी स्याल ओभरकम वान डे’ जस्ता गीत गाउनुपर्ने बताएका हुन् ।

‘त्यो लज्जास्पद हो । उहाँले त क्रान्तिकारी जीवन शर्माको पो गीत गाउनुपथ्र्यो त । ‘वी स्याल ओभरकम वान डे’ पो भन्नुपर्थ्यो । ‘कसैलाई माया गर्नु एउटा भूल गरेँ मैले’ यो एउटा क्रान्तिकारी नेतालाई सुहाउने लाइन भएन,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्