Logo

एक महिना सत्ता लम्ब्याउनु प्रचण्डका लागि हितकर छैनः कांग्रेस नेता खड्का



काठमाडौं, २१ असार । नेपाली कांग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले संवैधानिक प्रावधानअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत लिन ३० दिनको समयावधि रहेको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्डलाई संवैधानिक आधारमा समयावधि रहेको भएपनि ३० दिन नै कुर्छु भन्नु राम्रो नहुने बताए । जतिदिन कुरे पनि अब प्रचण्डको पक्षमा मत नआउने निश्चित रहेको उनले बताए ।

‘संविधानको प्रावधानअनुसार उहाँलाई त्यो सुविधा छ । सदन फेस गर्छु, विश्वासको मत लिन्छु भन्न पाउनुहुन्न भन्ने कुरा भएन । तर, ३० दिन नै पर्खिनु चाहीँ अप्ठ्यारो होला । उहाँ आफैंलाई लाजै लाग्छ । विश्वासको मत पाउने सम्भावना छैन । परिस्थिति त्यस्तो केही भइहाल्छ कि भन्ने पनि होला । उहाँले दुई चार दिनमा कुनै ठूला परिवर्तन हुन्छ भनेर सोच्नु परिस्थिति नबुझेको जस्तो हुन्छ । एक महिना लम्व्याउने उहाँका लागि हीतकर हुँदैन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot