Logo

बीआरआईबारे जसपा नेपालका नेता यादवको टिप्पणीः ‘ऋण लिएर घिउ खान हुँदैन’



काठमाडौं, २१ असार । जनता समाजवादी पार्टी, नेपालका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले चिनिया परियोजना बेल्ट एण्ड रोड इनिशिएटिभ (बीआरआई) ऋणमा लिन नहुने बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपालले अब ऋण थप्दै जान नहुने बताएका हुन् ।

‘हाम्रो अवस्था अहिले ऋण लिएर घिउ खाने अवस्था छैन । युवाहरुलाई रोजगारी दिन सकेका छैनौं । शिक्षा र स्वास्थ्यमा राम्रोसँग काम गर्न सकेका छैनौं । ऋण थप्दैजाने, त्योअनुसारको प्रतिफल निकाल्न नसक्ने, देशलाई फसाउन हुँदैन भन्ने हाम्रो मान्यता हो,’– उनले भने ।

साथै, नेपालको भू राजनीति र आर्थिक अवस्थाबारे पनि दलहरु संवेदनशील हुन जरुरी रहेको उनले बताए । कुनै पनि छिमेकी वा मित्र राष्ट्रहरुको सम्बन्धलाई विश्वासको आधारमा अगाडि बढाउन आवश्यक रहेको बताउँदै उनले बीआरआई परियोजना ऋणमा लिँदा नेपाललाई हुने फाइदाबारे पहिले नै क्लियर हुन जुरुरी रहेको बताए ।

साथै, उनले परराष्ट्र नीतिका विषयमा दलगत विचार भन्दा माथि उठेर सोच्न आवश्यक रहेको बताए । उनले छिमेकी राष्ट्र र मित्र राष्ट्रहरुसँगको सम्बन्धलाई दीर्घकालीन रुपमा अगाडि बढाउन राष्ट्रको विदेश नीति दलगत रुपमा फरक–फरक हुन नहुने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot