Logo

संसदीय विशेष समितिको बैठक जारी, गृह सचिव र प्रहरी महानिरीक्षक पनि उपस्थित



काठमाडौं, २१ असार । सहकारी ठगी प्रकरण छानविनका लागि गठित संसदीय विशेष समितिको बैठक जारी रहेको छ । आज (शुक्रबार) को बैठकमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँबर र गृह मन्त्रालयका सचिव एकनारायण अर्याल पनि उपस्थित भएका छन् ।

हिजो बसेको समितिको बैठकले प्रहरी महानिरीक्षक र गृह मन्त्रालयका सचिवलाई छलफलका लागि बोलाएको थियो । समितिले समस्याग्रस्त २९ वटा सहकारीका सञ्चालकहरुलाई उपस्थित हुन पनि निर्देशन दिइसकेको छ । उपस्थित हुन आग्रह गर्दा नमाने सहकारीका सञ्चालकहरुलाई कानुनबमोजिम कारबाही अगाडि बढाइने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot