Logo

प्रदेशतिर हलचल सुरु, बागमती सरकारबाट पनि बाहिरिँदै एमाले



काठमाडौं, २१ असार । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट पनि बाहिरिने भएको छ । हिजो (बिहीबार) सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको एमाले आज बागमती सरकारबाट बाहिरिन लागेको हो ।

एमालेले बागमती सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै प्रदेश सरकारमा पनि हलचल सुरु भएको हो ।

बागमती एमाले संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाका अनुसार एमालेका मन्त्रीहरुले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समर्थन फिर्तासहित सामूहिक राजीनामा बुझाउने छन् । एमालेबाट बागमती सरकारमा ५ जना मन्त्रीहरु छन् ।

एमाले सरकारबाट बाहिरिँदा बागमतीमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकार अल्पमतमा पर्नेछ । बागमतीमा पनि कुनै दलको बहुमत छैन । एमालेका मन्त्रीहरुले राजीनामा बुझाउने तयारी गरिरहँदा मुख्यमन्त्री जम्मकट्टेल भने काठमाडौंमा रहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot