Logo

सेलिब्रेटीहरुको पहिलो रोजाइ बन्दै डर्म डाईनामिक्स क्लिनिक



काठमाडौं, २१ असार । ललितपुरको कुमारीपाटीमा रहेको डर्म डाईनामिक्स डाइनामिक क्लिनिक सेलिब्रेटीहरुको पहिलो रोजाइमा पर्न थालेको छ । डा.अनिलकुमार भट्ट र डा. उमा केयालले सञ्चालनमा ल्याएको उक्त क्लिनिकले छोटो समयमा नै धेरैको विश्वास जित्न सफल भएको हो ।

विगत ४ वर्षदेखि ललितपुरको कुमारीपाटीबाट सेवा प्रदान गरिरहेको क्लिनिकले पछिल्लो २ वर्षदेखि पोखरा र धनगढीमा पनि सेवा विस्तार गरेको छ ।

महिलाहरुले सुन्दर बन्नका लागि पेटको बोसो घटाउने, शरीरका अनावश्यक रौंहरु हटाउने, छाती टाइट गर्ने जस्ता सेवाहरु सर्जरीमार्फत गर्ने गरेकोमा उक्त क्लिनिकमा यी सेवाहरु विना सर्जरी उपलब्ध छन् । यी सेवा सर्जरीको तुलनामा सजिलो, छिटो र भरपर्दो मानिन्छ ।

क्लिनिककी सञ्चालक डा. केयालकाअनुसार डण्डीफोर, चाँयापोतोलगायतको समस्याको समाधानका लागि धेरै सेवाग्राहीहरु आउने गरेका छन् । त्यस्तै, बुटक्स र डर्मल फिलर पनि कमन भइसकेको डा. केयाल बताउँछिन् । त्यस्तै, थ्रेड फिफ्ट, कपाल झरेकाहरुका लागि पीआरपी ट्रिटमेन्ट र शरीरमा रहेका अनावश्यक रौंहरु लेजर प्रविधिबाट हटाउने लगायतका सेवाहरु दिइरहेको उनले बताईन् ।

क्लिनिकमा कोरिया, कतार, अमेरिका, जर्मनजस्ता देशका प्रतिष्ठित कम्पनीहरुको गुणस्तरीय उत्पादनहरु प्रयोग हुने गरेको छ । अहिले आफूहरुले नन–इन्भेसिभ ट्रिटमेन्टमा फोकस गरिरहेको डा. केयालले बताईन् । क्लिनिकको लोभलाग्दो ख्याँतिको पछाडि यसले उपलब्ध गराउँदै आएको गुणस्तरीय सेवा नै भएको सेवा लिएकाहरुको प्रतिक्रिया छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot