Logo

एमालेले संसद्लाई पनि दियो सरकारबाट बाहिरिएको जानकारी



काठमाडौं, २१ असार । नेकपा (एमाले) ले संघीय संसद्लाई सरकारबाट बाहिरिएको जानकारी गराएको छ । आज (बिहीबार) एमाले प्रमुख सचेतक महेश बर्तौलाले संसद् सचिवालयलाई पत्र लेख्दै सरकारबाट बाहिरिएको र प्रतिपक्षमा बस्ने जानकारी गराएका हुन् ।

‘सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा गठित वर्तमान सरकारलाई नेकपा (एमाले) को तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा सरकारलाई दिँदै आएको समर्थन मिति २०८१ असार १९ गते फिर्ता गरिएको छ,’– एमाले प्रमुख सचेतक बर्तौलाले संसद् सचिवालयलाई जानकारी गराएको पत्रमा भनिएको छ ।

बर्तौलाले सरकारबाट बाहिरिएको कुरा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि जानकारी रहेको बताउँदै अब संसद्मा प्रतिपक्षमा रहने बताएका छन् । आगामी आइतबार प्रतिनिधि सभाको बैठक बस्दैछ । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot