Logo

दैनिक १२ हजारभन्दा बढीलाई निःशुल्क विगेन थर्मल थेरापी सेवा प्रदान गर्दैआएको विगेन नेपालले मनायो १०औं वार्षिकोत्सव



काठमाडौं, २१ असार । विगेन नेपालले आफ्नो स्थापना दिवसको १०औं वार्षिकोत्सव मनाएको छ । आज स्थापना दिवसको अवसरमा सनराइज सम्मेलन केन्द्र, गोदावारीमा विगेन नेपालले १०औं वार्षिकोत्सव समारोह मनाएको हो । २०७२ सालमा स्थापना भई माया, खुसी, स्वास्थ्यको अभियान सञ्चालन गरिरहेको विगेन नेपालले निःशुल्क स्वास्थ्य परामर्श र थर्मल थेरापी सेवा प्रदान गर्दै आएको छ । विगेन नेपालको १०औं वार्षिकोत्सव समारोह उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका थिए ।

विगेन नेपालले दक्षिण कोरियामा लामो अनुसन्धान र अन्वेषणबाट विकास भएको विगेन थर्मल थेरापी पद्धति, प्रविधि र उपकरणबाट शारीरिक बनावटको आधारमा बहुप्रभावसहित शरीरका सबै अंगहरुको प्रभावकारी उपचार प्रदान गर्दछ । विगेन नेपाले ६५ भन्दा बढी सेवा केन्द्रहरुमार्फत तराईदेखि हिमालय क्षेत्रमा बसोवास गर्ने नेपालीहरुलाई थर्मल थेरापी सेवा उपलब्ध गराउँदै आएको छ ।

विगेन नेपालले दैनिक करिब १२ हजारभन्दा बढी हाड जोर्नी, नसा च्याँपिएको, ढाँड गर्धनको दुखाई, दम, सुगर, प्रेसर, कोलस्टोरेज, प्यारालाईसिस, पार्किन्सन, अनिन्द्रा, कब्जियत र महिनावरी समस्याबाट पीडितहरुलाई निः शुल्क स्वास्थ्य परामर्श र थेरापी सेवा उपलब्ध गराउँदै आएको छ ।

नियमित प्रयोगबाट हिँडडुल गर्न नसक्ने, शारिरिक दुखाई भएका, कष्टकर जीवन विताइरहेका, लामो चिकित्सकीय उपचारबाट लाभ प्राप्त गर्न नसकेका, जीवनबाट हरेस खाएकाहरुले समेत यो थेरापी सेवाको नियमित प्रयोगबाट स्वास्थ्य लाभ प्राप्त गरी सामान्य जीवनशैलीमा फर्किएको विगेन नेपालले बताएको छ ।

स्वास्थ्य लाभ प्राप्त गरेका, निरन्तर थेरापीको आवश्यकता भएका तर सेन्टरमा दैनिक आउन नसकी घरमै लगेर उपकरण प्रयोग गर्ने सेवाग्राहीले उपकरण खरिद गर्ने गरेका छन् । उपकरण विक्रिबाट प्राप्त हुने आम्दानीबाट नै निरन्तर निःशुल्क सेवा प्रदान गर्दै आएको विगेन नेपालले बताएको छ । सेन्टर आउनेहरुको भने थेरापी सेवा निःशुल्क प्रदान गर्ने गरिएको बताइएको छ ।

विगेन नेपालले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान गर्ने चिकित्सक, कलाकार, संचारकर्मी, सामाजिक र साँस्कृतिक रुपान्तरणमा महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरुलाई अभिनन्दन गरेको छ । वार्षिकोत्सव समारोहमा वरिष्ठ राष्ट्रिय कलाकार मदनकृष्ण श्रेष्ठ, वरिष्ठ गायककार मुरलीधर र वरिष्ठ संचारकर्मी ऋषि धमलालगायतलाई प्रशंसापत्रसहित अभिनन्दन गरिएको छ । वार्षिकोत्सव समारोहमा विगेन थर्मल थेरापी सेवा लिइरहेका ५ हजारभन्दा धेरैको सहभागिता रहेको थियो ।

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विगेन नेपालको आगामी यात्र अझ प्रभावकारी हुन सकोस् र सेवा भावले सार्थकता पाओस् भनी शुभकामना व्यक्त गरे । मन्त्री श्रेष्ठले चावहिलमा रहेको सार्वजनिक सेवा केन्द्रमा गएर विगेन थेरापीको सेवा आफूले पनि लिएको जानकारी गराए । आफूले विगेन थेरापीको लाभ लिएको बताए । ‘प्रकाश श्रेष्ठको नेतृत्वमा विगेन नेपालले समाज सेवाको अतुलनीय उद्धाहरणसहित अभियान चलाएको छ । यो साँच्चै नै प्रसंशनीय र गौरवको कुरा हो,’– उनले भने ।

विगेन नेपालका अध्यक्ष प्रकाश श्रेष्ठले सबै आमाबाबुलाई आफ्नै सम्झेर सेवा प्रधान गरेको बताए । उनले सेवामार्फत देशभर हजारौं आफन्त कमाएको स्मरण गरे । उनले देशमा नै बसेर सेवामुखी काम गर्नुपर्छ भनेर विगेन थेरापी सेवा सञ्चालनमा ल्याएको बताए । देशभर १५ लाखभन्दा धेरैलाई सेवा दिइसकिएको उनले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले एक जना व्यक्तिको पहलमा देशभरमा विगेन थर्मल थेरापी उपचार प्रदान गरेको भन्दै प्रशंसा गरिन् । उनले विगेन नेपालका अध्यक्ष श्रेष्ठले देशभर निःशुल्क रुपम सेवाग्राहीलाई थर्मल थेरापी प्रदान गर्न सक्दा सरकारले किन गर्न सकिरहेको छैन भन्ने प्रश्न उब्जिएको उनले बताईन् । विगेन नेपालबाट सरकारले सिक्नुपर्ने र मनन गर्नुपर्ने धेरै कुराहरु रहेको उनको भनाइ छ ।

पत्रकार ऋषि धमलाले विगेन नेपालका अध्यक्ष श्रेष्ठले समाज सेवा के हो भन्ने कुरा प्रमाणित गरेर देखाएको बताए । मानिसको जीवनमा सबैभन्दा ठूलो धन स्वास्थ्य रहेको बताउँदै पत्रकार धमलाले विगेन नेपालले धेरैलाई स्वास्थ्य सेवा प्रदान गरेको बताए । आज सरकारले भन्दा पनि प्रभावकारी स्वास्थ्य सेवा विगेन नेपालले प्रदान गरेको उनको भनाइ छ । विगेन नेपालले प्रदान गर्दै आएको विगेन थर्मल थेरापीलाई सरकारले पनि प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ । फोटाः दिनेश चौधरी/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot