Logo

किवाचोक युवा क्लवद्वारा आयोजित वृक्षरोपण कार्यक्रम सम्पन्न



काठमाडौं, २१ असार । किवाचोक युवा क्लवद्वारा आयोजित वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ किवाचोकको भीम प्रा.वि.देखी हात्तिगौडासम्म र भीमसेनथानदेखि भिम प्रा.वि.सम्मको सडक छेउमा वृक्षरोपण गरिएको हो । नेकपा (एमाले) का पोलिटव्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतको उपस्थितिमा वृक्षरोपण कार्यक्रम गरिएको थियो ।

५ फिटभन्दा अग्लो बहुवर्षीय रूखहरुअन्तर्गत असारे फूल, कपुर, करवीर, कल्की फूल, गोल्डेन धुपी, चाँप, तेकोमा, मयुर धुपी,गुल्मोहर र शिरिसका २ सयभन्दा बढी विरुवा रोपिएको छ ।

उक्त वुक्षारोपण कार्यक्रममा वडा अध्यक्ष रविन्द्र सापकोटा, वडा सदस्यहरु उमेश कार्की, गीता पण्डित बस्नेत, सन्तोषी परियारलगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot