Logo

समाजवादी कार्यदिशामार्फत कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रुपान्तरण गर्छौंः घनश्याम भुसाल



काठमाडौं, २१ असार । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले आफूहरु विद्रोही फौज भएको दाबी गरेका छन् । आज (शुक्रबार) पार्टीको १०औं महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै उनले विद्रोही फौजले आफ्नो लक्ष्य, उद्देश्य, आफूले खाएका कसम र संकल्पका लागि हरचिज त्याग्न तयार हुनुपर्ने बताएका हुन् । उनले आफू विद्रोही फौजको महासचिव भएकाले संगठनको लक्ष्य र उद्देश्य प्राप्तिका लागि हरचिज त्याग्न तयार रहेको बताए ।

‘हामी विद्रोह गरेर आएका हौं । विद्रोहीसँग कमसेकम क्यारेक्टर हुन्छ । उसले आफ्नो लक्ष्य र उद्देश्यका लागि आफूले खाएका कसम, संकल्पका लागि हरचिज त्याग्न तयार हुन्छ । आज हामी त्यही उद्देश्यकले यहाँ छौं,’– उनले भने ।

नेपालको कम्युनिष्ट आन्दोलनमा समाजवादी कार्यदिशाको कार्यक्रम पारित भइसकेको बताउँदै उनले अब उक्त कार्यक्रमलाई बोकेर नेपालको कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रुपान्तरणको काम गर्नुपर्ने उनले बताए । उक्त कार्यक्रमलाई बोक्ने नेतृत्वसमेत चयन भइसकेको उनले बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot