Logo

एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा अटाएनन् प्रेम आले



काठमाडौं, २१ असार । नेकपा (एकीकृत समाजवादी) ले ९३ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले साविकको पोलिट्ब्युरोका सदस्य र प्रदेश अध्यक्षहरुसहितको ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेका हुन् ।

एकीकृत समाजवादीको १०औं महाधिवेशन पनि समापन भएको छ । महाधिवेशनबाट चयन भएको केन्द्रीय कमिटीमा प्रेम आले भने अटाएका छैनन् । यसअघि केन्द्रीय सदस्य रहेका आले महाधिवेशनबाट हटाइएका हुन् ।

प्रभावशाली नेताको रुपमा हेरिएका कृष्णकुमार श्रेष्ठ (किसान) पनि केन्द्रीय समितिबाट बाहिरिएका छन् । महाधिवेशनले चयन गरेको कमिटीमा उनको नाम छैन ।

स्रोतका अनुसार आलेले पार्टीको महाधिवेशन बहिस्कार गरेको बताइएको छ । उनले आफूलाई पार्टीको राजनीति प्रति कुनै चासो नभएको र स्वतन्त्र भएर काम गर्न चाहना व्यक्त गरेको स्रोतले बतायो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot