Logo

राष्ट्रिय राजनीतिमा उलटफेर हुँदा एकीकृत समाजवादीको खोजी भइरहेको छः माधव नेपाल



काठमाडौं, २१ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले राष्ट्रिय राजनीतिमा उलटफेर हुँदा पार्टीको खोजी भइरहेको बताएका छन् । आज (शुक्रबार) पार्टीको महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको माग भइरहेको बताएका हुन् । अहिले कुनै पनि एउटा पार्टी एक्लै जानसक्ने अवस्थामा नरहेको उनले बताए ।

‘अहिले महाधिवेशन सम्पन्न गरिरहेको सन्दर्भमा राष्ट्रिय राजनीतिमा उलटफेर भएको छ । त्यहाँ हाम्रो खोजी भइरहेको छ । एकतिर हामी महाधिवेशनमा व्यवस्त छौं । अर्कोतर्फ राष्ट्रिय राजनीतिमा हाम्रो माग भइरहेको छ,’– उनले भने ।

एकीकृत समाजवादीको यात्रामा कोही अवरोध गर्न आएको खण्डमा त्यसलाई पन्छाउन जुध्नका लागि तयार हुन उनले नेता तथा कार्यकर्तालाई आग्रह गरे । महाधिवेशनमा विभिन्न राजनीतिक दलले सुभेच्छा प्रकट गरेको उनले बताए ।

उनले अहिले विगतको पोलिटव्युरो र प्रदेशका अध्यक्षसहितको केन्द्रीय कमिटी बनाएको बताए । केन्द्रीय कमिटी २९९ रहेको बताउँदै उनले बाँकी केन्द्रीय सदस्य र पदाधिकारी चाँडै चयन गरिने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot