Logo

विश्वासको मत जोहो गर्न पाँच दलका नेताहरु छलफलमा जुटे



काठमाडौं, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्ने दलहरु छलफलमा जुटेका छन् । आज (शुक्रबार) सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रन्जिता श्रेष्ठबीच छलफल भएको हो ।

नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि प्रचण्डले आगमी असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् । प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न नसके प्रधानमन्त्री प्रचण्ड पदमुक्त हुनेछन् ।

स्रोतका अनुसार आज भएको पाँच दलबीचको छलफलमा विश्वासको मत प्राप्त गर्नका लागि हरसम्भव कोशिस गर्ने समझदारी बनेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot