Logo

ओलीले दलाल पुँजीवादसँग अँगालो मारेको आरोप लगाउँदै झलनाथले भने, ‘एमालेमा अब भूकम्प जाँदैछ’



काठमाडौं, २१ असार । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दलाल पुँजीवादसँग अँगालो मारेको आरोप लगाएका छन् । आज (शुक्रबार) पार्टीको महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै उनले ओलीले दलाल पुँजीवादसँग अँगालो मार्दा एमालेका कार्यकताहरुमा भूकम्प गइरहेको टिप्पणी गरेका हुन् ।

दलाल पुँजीवादसँग अंगालो मार्ने कम्युनिष्ट पार्टीले जनता र राष्ट्रको हित गर्न नसक्ने उनको दाबी छ । उनले यो कुरा एमालेका ३ लाख ५० हजार संगठित सदस्यहरुले आजदेखि गम्भीरतापूर्वक सोच्नुपर्ने बताए । एमालेमा अब व्यापक रुपान्तरणको अभियान चल्ने उनको दाबी छ ।

‘नेकपा (एमाले) भित्र अहिले कार्यकर्ताहरु एक किसिमको भूकम्प गइरहेको छ । उहाँहरुको जुन प्रकारको नेतृत्व छ, त्यो नेतृत्व अब दलाल पुँजीवादसँग अंगालो मार्दैछ,’– उनले भने ।

नेपालको कम्युनिष्ट आन्दोलनमा पुनर्गठन र एकताको अभियान सुरु भएको उनले उद्घोष गरे । नेपाललाई समाजवादले मात्रै सुन्दर, सभ्य र लोकतान्तिक देशको रुपमा स्थापित गर्ने बताए । देश समाजवादमा पुग्नुअघि नै देशका ७७ वटै जिल्ला एकीकृत समाजवादीको लाल किल्ला हुने उनको दाबी छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot