Logo

अशोक राई नेतृत्वको जसपा सरकारबाट बाहिरियो



काठमाडौं, २१ असार । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) सरकारबाट बाहिरिएको छ । जसपाले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै समर्थन फिर्ताको जानकारी पठाएको छ । जसपाले आजैका मितिदेखि लागू हुने गरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको समर्थन फिर्ता लिएको जसपाले बताएको छ ।

पार्टीले निर्णय गरेसँगै स्वास्थ्यमन्त्री प्रदीप यादवसहितका मन्त्रीहरु सरकारबाट फिर्ता हुने भएका छन् । जसपाबाट यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री, नवलकिशोर साह सुडी वन तथा वातावरणमन्त्री र हसिना खान स्वास्थ्य राज्यमन्त्री रहेका थिए ।

उनीहरूको आजै राजीनामा दिने तयारी गरेका छन् । उक्त विषय स्वास्थ्यमन्त्री यादवले प्रधानमन्त्री दाहाललाई भेटेर जानकारी गराइसकेका छन् ।

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको कुरा सभामुखलाई समेत जानकारी गराएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot