Logo

मधेशका मुख्यमन्त्री सिंहलाई एमालेले पनि विश्वासको मत दिने



काठमाडौं, २१ असार । मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंह नेतृत्वको सरकारलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विश्वासको मत दिने भएको छ । एमाले मधेस प्रदेशसभाका प्रमुख सचेतक हरिनारायण महतोले जनमत पार्टीको नेतृत्वको सरकारलाई विश्वासको मत दिने जानकारी दिए ।

मुख्यमन्त्री सिंहले भोलि विहान ११ बजे प्रदेशसभा समक्ष विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मधेस प्रदेशमा जनमत नेतृत्वको सरकारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot