Logo

मुख्यमन्त्री सिंहले विश्वासको मत लिने प्रयोजनार्थ मधेश प्रदेश सभाको बैठक जारी (LIVE)



काठमाडौं, २२ असार । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिदैँछन् । मुख्यमन्त्री सिंहले विश्वासको मत लिने प्रयोजनार्थ अहिले मधेश प्रदेश सभाको बैठक जारी रहेको छ । सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले आज प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् ।

मधेस प्रदेशसभामा चौथो ठूलो दलको रुपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा गत जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो । जनमत पार्टीसँग प्रदेशसभामा १३ प्रदेशसभा सदस्य छन् । कांग्रेस र एमालेको साथ पाएपछि सिंहले प्रदेशसभामा बहुमत पाउने पक्का भएको छ ।

मधेस प्रदेशसभामा नेकपा (एमाले) का २५, नेपाली कांग्रेसका २२, जनमत पार्टीका १३, जनता समाजवादी पार्टीका १९, लोसपाका नौ, नेकपा (माओवादी केन्द्र) का नौ, नेकपा (एकीकृत समाजवादी) का सात तथा राप्रपा, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक÷एक प्रदेशसभा सदस्य छन् ।

गत जेठ २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका सिंहलाई एमाले, कांग्रेस, जनमत पार्टीलगायतका सांसदहरुले विश्वासको मत दिने पक्का भएको छ । मुख्यमन्त्री सिंहले आज चार राजनीतिक दललाई सरकारबाट हटाएर ६ मन्त्रीहरुलाई बर्खास्त गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्