Logo

सहकारीमा समस्या आउनुमा राजनीतिक दलको मुख्य भूमिका छः उपप्रधानमन्त्री श्रेष्ठ



काठमाडौं, २२ असोज । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी ठगीमा संलग्नहरुलाई राजनीतक दलले नै संरक्षण गर्ने गरेको बताएका छन् ।

आज (शनिबार) १०२औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारीमा समस्या आउनुमा राजनीतिक दलको मुख्य भूमिका रहेको बताएका हुन् ।

राज्यले सही ढंगले अनुगमन गर्न नसकेको कारण सहकारीमा समस्या आएको उनको भनाइ छ । उनले सहकारी सञ्चालकहरु राजनीतिक दलमा आवद्ध रहेको कारण उनीहरुलाई जोगाउन नेताहरु लागेको उनले बताए ।

साथै, अनुसन्धान गर्ने प्रहरीलाई समेत नेताहरुले फाल्ने गरेको उनले बताए । राम्रो काम गर्नेलाई नेपालमा टिक्न गाह्रो रहेको उनले बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्